१६ पुस काठमाडौँ । २२औ सचिन स्मृति खुल्ला दौड प्रतियोगितामा सिरानचोकका दिनेशसिंह बोगटीले प्रथम भएका छन् । रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिनकुमार श्रेष्ठको २२औ सचिन स्मृति खुल्ला दौड प्रतियोगितामा गोरखा सिरानचोक गाउँपालिकाका दिनेशसिंह बोगटी प्रथम भएका हुन् । उक्त दौड दमौली अनसनचोकदेखि छाब्दी बाराही मन्दिरसम्म ९ किलोमिटर दूरी रहेको थियो ।
यस दौडमा प्रथम भएका बोगटीले २० मिनेट १६ सेकेण्डमा पार गर्दै प्रथम भएका थिए । यसै दौडमा सहभागि हुने नुवाकोटका संजय तामाङले २० मिनेट २१ सेकेण्डमा पार गरेर द्वितिय भएका थिए । दौडमा तृतीय हुने तनहुँको ऋषिङ गाउँपालिका वडा न ४ भिरकोटका अमृत विश्वकर्माले ३० मिनेटमा पार गरेका हुन् ।
महिलातर्फको दौडमा दमौलीकी चेतना कटुवालले ५५ मिनेटमा उक्त दूरी पार गर्दै प्रथम भएकी थिएन ।यसै दौड प्रतियोगितामा बाल धावकतर्फ दमौलीका १० वर्षीय संगम रानाभाटले ४५ मिनेटमा उक्त दूरी पार गर्दै प्रथम भएका आयोजकले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु १५ हजार ५ सय, द्वितीयलाई रु १२ हजार ५ सय र तृतीय हुनेलाई रु ८ हजार ५ सय पुरस्कार प्रप्ता गरेका हुन् । महिला तर्फ प्रथम र बाल धावकलाई जनही १ हजार ५ सयसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थिए । प्रतियोगितामा १ सय ११ जना धावकको सहभागि रहेका थिए ।