Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज तराईका धेरै स्थानमा हुस्सु र कुहिरो 

आज तराईका धेरै स्थानमा हुस्सु र कुहिरो 

जोईन खबर

१८, पौष २०८१
  • 658
    SHARES
  • आज तराईका धेरै स्थानमा हुस्सु र कुहिरो 

    १८ पुस काठमाडौँ । आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । आज दिउँसो देशभरका लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण तथा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ । शुक्रबार बिहान तराई तथा काठमाडौँ उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ ।

    images
    images
    images

    विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

     

    प्रकाशित मिति :पौष १८, २०८१ बिहिवार - १०:५४:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको