Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पहिलो नेपाली महिला राजदूत  शाहको निधन 

पहिलो नेपाली महिला राजदूत  शाहको निधन 

जोईन खबर

१८, पौष २०८१
  • 580
    SHARES
  • पहिलो नेपाली महिला राजदूत  शाहको निधन 

    १८ पुस काठमाडौँ । पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    images

    सन् १९८८ मा तत्कालीन राजा विरेन्द्र वीरविक्रम शाहले उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । राजदूतका रुपमा नियुक्ति पाउने उनी नै पहिलो नेपाली महिला हुन् ।

    images
    images
    images

    नेपालमा २०४६ सालको जनआन्दोलन हुँदा उनी नै भारतका लागि नेपाली राजदूत थिइन् । उनी सन् १९९१ मा भारतबाट फर्केपछि परराष्ट्र मन्त्रालयको अतिरिक्त सचिवसम्म भएर काम गरेकी थिइने । सन् १९६१ देखि १९६५ सम्म अमेरिकास्थित नेपाली दूतावासमा उनले काम गरेकी थिइन् ।

    जेठा छोरा अनिलकेशरी शाह नेपालका चर्चित बैंकर हुन् । कान्छा छोरा उज्ज्वलकेशरी शाहको पनि निधन भइसकेको छ ।

    प्रकाशित मिति :पौष १८, २०८१ बिहिवार - १२:५४:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको