१८ पुस काठमाडौँ । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छन् । युवती एकजना युवकसँग बस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।अनुसन्धानमा सहभागी एक प्रहरीका अुनसार कागेश्वर मनोहरा ठेगाना भएकी २१ वर्षीय स्वस्तिका खड्काको शव फेला परेको हो ।
नयाँ वर्षको अघिल्लो दिन उनीहरू सो होटलमा बस्न गएका थिए । भोलिपल्ट ती युवक होटलकै ताला बाहिरबाट लगाएर ‘केहीबेरमा आउँछु’ भन्दै निस्किएका थिए ।तर, उनी नफर्केपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे ।
दिउँसो ढोका फुटाएर हेर्दा युवतीको शव बेडमा थियो ।प्रहरीका अनुसार फरार युवक ‘लोकेट’ भइसकेका छन् ।उक्त होटलको ३ सय ८ नम्बर कोठामा युवतीको शव फेला परेको हो ।घटनाबारे जिल्ला प्रहरी परिसर, काठमाडौं,प्रहरी वृत्त गौशालाबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।