Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग भोलिदेखि

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग भोलिदेखि

जोईन खबर

१८, पौष २०८१
  • 646
    SHARES
  • बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग भोलिदेखि

    १८ पुस काठमाडौँ । टोखा नगरपालिकाको आयोजनामा दोश्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शुक्रबारदेखि हुने भएको  छ ।लिगमा पुरुष÷महिलामा समान ५–५ गरी १० तौलसमूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी गराए ।

    images

    पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौलसमूहमा खेल हुनेछ । महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजीमा भिडन्त हुनेछ ।

    images
    images
    images

    करिब ३ सय खेलाडीको सहभागिता रहने एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जानकारी दिए ।काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १० अंक, ७ अंक र ३ अंक प्रदान गरिने छ ।

    प्रत्योक तौलसमूहमा पदक विजेता खेलाडीलाई अर्को लिगमा खान÷बसोवास÷यातायातको सुविधा प्रदान गरिने काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले बताए ।

    प्रतियोगिताका खेलहरु टोखा नगरपालिका वडा ५ को कार्यालयमा हुनेछ । ३÷३ महिनाको अवधिमा सञ्चालन गर्ने गरी सुरुआत गरिएको लिगको तेश्रो संस्करण फागुन र चौथो संस्करण जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण स्युचाटारस्थित नागर्जुन कभर्डहलमा गत भदौमा भएको थियो ।

    प्रकाशित मिति :पौष १८, २०८१ बिहिवार - १४:१७:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको