Logo

बिहिवार, कार्तिक १३ गते २०८३

होटलको कोठामा मृत्त भेटिएकी सुस्मितासंग बस्ने युवा आज जापान उडने तयारीमा थिए

होटलको कोठामा मृत्त भेटिएकी सुस्मितासंग बस्ने युवा आज जापान उडने तयारीमा थिए

जोईन खबर

१८, पौष २०८१
  • 772
    SHARES
  • होटलको कोठामा मृत्त भेटिएकी सुस्मितासंग बस्ने युवा आज जापान उडने तयारीमा थिए

    १८ पुस काठमाडौँ । काठमाडौंको पिंगलास्थानस्थित होटेल वाग्मतीको ३०८ नम्बर कोठामा मृत भेटिएकी बौद्धकी सुस्मिता खड्कासँग  बस्ने युवक आज जापान जाने तयारीमा थिए । उक्त युवा जोरपाटीका २३ वर्षीय देवबहादुर थापा रहेको अनुसन्धानमा खुलेएको छ ।

    images

    सुस्मिताको मृत्युपछि भने उनी भागेर ओखलढुंगा पुगेको प्रहरीको अनुसन्धानका क्रममा देखिएको छ । प्रहरीले थापाको खोजीका लागि एउटा टोली नै ओखलढुंगा पठाएको छ ।अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘‘सुस्मिताको मृत्यु भएपछि थापाले बाहिरबाट चाबी लगाएर भागेको देखिएको छ । तर, युवतीको बाहिरी चोट नदेखिकाले मृत्यु कसरी भएको खुलेको छैन ।

    images
    images
    images

    सुस्मिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । पोस्टमार्टम रिपोर्टपछि थप खुल्ने प्रहरीले बताए । २२ वर्षीया खड्काको शव बुधबार फेला परेको थियो । थापा र सुस्मिता पुस १६ गते ९मंगलबार० कोठामा बस्न पुगेको खुलेको छ । फरार रहेका थापा मंसिर ३० गतेमात्रै जापानबाट काठमाडौं आएका थिए । उनी आज ९बिहीबार० फर्किने तयारीमा थिए ।प्रहरीले थापाको ट्राभल रोक्का राख्न अध्यागमन कार्यालयलाई पत्राचार गरिसकेको छ । 

     

    प्रकाशित मिति :पौष १८, २०८१ बिहिवार - १६:२२:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको