१९ पुस काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि जारी रहेको छ । बैठक दिउँसो १२ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा सुरू हुने भएको हो ।
आउँदो पुस २१ गतेदेखि सुरू हुने पार्टीको केन्द्रीय कमिटी बैठकका लागि अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवदेनमाथि आज स्थायी कमिटी सदस्यहरूले सुझाव दिने तयारी रहेको उपाध्यक्ष अग्नी सापकोटाले बताए ।
बिहिबारको बैठकमा अध्यक्ष प्रचण्डले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनको सारसंक्षेप सुनाएका थिए। बैठकमा आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउनुपर्ने, जनजागरण अभियान चलाउने, गठबन्धन नगर्ने र आउँदो निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने जस्ता बिषयमा छलफल हुने भएको छ ।