Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राखेपमा नवनियुक्त आठ बोर्ड सदस्यहरुको सपथ ग्रहण

राखेपमा नवनियुक्त आठ बोर्ड सदस्यहरुको सपथ ग्रहण

जोईन खबर

१९, पौष २०८१
  • 724
    SHARES
  • राखेपमा नवनियुक्त आठ बोर्ड सदस्यहरुको सपथ ग्रहण

    १९ पुस काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् मा नवनियुक्त हुनुभएका आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सपथ ग्रहण गराउनुभएको हो ।

    images

    सपथ ग्रहण गर्ने सदस्यहरुमा शान्तकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) हुनुहुन्छ ।

    images
    images
    images

    खेलकुद मन्त्री चौधरीले राखेपमा नियुक्त भएका सवै सदस्यहरुलाई बधाई दिँदै आफनो चार वर्षे कार्यकालमा उत्कृष्ट काम गर्न आग्रह गर्नुभयो ।

    यही पुस ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा आठजनालाई नियुक्त गरेको थियो । 

    प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - १५:५२:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको