२० पुस काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित हुनुभएको छ । आज शनिबार सम्पन्न सर्वोच्च अदालत बार एशोसिएशनको निर्वाचनबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले ३६८ मत ल्याएर विजयी भएका हुन् ।
उपाध्यक्षमा अधिवक्ता अम्बर बहादुर राउत, सचिवमा अधिवक्ता रमण कुमार कर्ण, सह सचिवमा अधिवक्ता पुन्देवी महर्जन सुजना, कोषाध्यक्षमा अधिवक्ता रामचन्द्र पौडेल , महिला सदस्यमा अधिवक्ता शशी वस्नेत, खुल्ला सदस्यहरुमा वरिष्ठ अधिवक्ता दुर्गा मोहन श्रेष्ठ, वरिष्ठ अधिवक्ता इन्द्र शेखर खड्का, अधिवक्ता प्रदीप कुमार श्रेष्ठ, अधिवक्ता नागेश्वर प्रसाद चौधरी, अधिवक्ता निर्मल प्रसाद उपाध्याय, अधिवक्ता ओम कृष्ण श्रेष्ठ, अधिवक्ता प्रमोद रेग्मी , अधिवक्ता प्रदिप कुमार राजवशी, अधिवक्ता सतिशराज मैनाली निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ती जगदिश चन्द्र पाण्डेले बताउनु भएको छ ।
सर्वोच्च अदालत बार एशोसिएशनको चुनाव मा नेपाली कांग्रेस र नेकपा एस निकट बार संगठनहरुको गठबन्धन बिजय भएको हो ।
