Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आरुघाट मान्वुको श्यामचेतमा आगलागीबाट तीन घर जलेर नष्ट

आरुघाट मान्वुको श्यामचेतमा आगलागीबाट तीन घर जलेर नष्ट

जोईन खबर

२०, पौष २०८१
  • 880
    SHARES
  • आरुघाट मान्वुको श्यामचेतमा आगलागीबाट तीन घर जलेर नष्ट

    २० पुस  काठमाडौँ । गोरखाको आरुघाट गाउँपालिका वडा न –१ मान्वुको श्यामचेतमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । स्थानीय पूर्णबहादुर लामा र उनका दुइ छोराहरू बुद्धिमान र आइतेसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    images

    शनिबार साँझ करिब साँढे ६ बजेको समयमा खाना बनाउन आगो बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोस्टामा सल्किएर पूर्णबहादुरको घरमा आगलागी हुन पुगेको थियो ।

    images
    images
    images

    उक्त घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घर समेत जलेर भएको डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । आगलागीबाट सँगै रहेको बीरबहादुर लामाको घरमा पनि सामान्य क्षति पुगेको उनले जानकारी दिए ।

    प्रकाशित मिति :पौष २०, २०८१ शनिवार - २१:४४:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको