२१ पुस काठमाडौँ । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। उनीले हिजो आफनो सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस राख्दै उनले अहिले आफू कुनै पनि पार्टीमा नरहेको जानकारी गराएका हुन् ।
पूर्वआईजीपी खनालले आफनो फेस्बुक पेजमा हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन।
उनले अगाडी लेखेका छन् ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ ,म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु।
खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए।३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमाले प्रवेश गरेका थिए ।