२१ पुस काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ ।एमालेको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल र माओवादीको दिउँसो १ काठमाडौंको एक पार्टी प्यालेसमा बस्न लागेको हो ।
पहिलो दिनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि राजनीतिक प्रतिवेदन नै पेस गर्ने छन् ।
संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने नेताहरूले बताएका छन् ।प्रचण्डले ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प स् आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन पेस गर्दैछन् ।
माओवादी केन्द्रको बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीको सहभागिता हुनेछ ।