२१ पुस काठमाडौँ । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा खसेको कार निकालिएको छ । बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबी खोलामा दुर्घटनामा खसेको थियो ।
आज बिहान ६ बजे अनामनगर साइडतिर धोबीखोला करिडोरमा ओभर स्पिडमा आएको कार डिल नाघेर धोबीखोलामा बसेको हो।खोलाको बीच भागमा उत्तानो परेकोकारबाट ड्राइभर भने सकुशल निस्किएका छन्।
उनी सामान्य घाइते भएका छन्। धोबीखोलामा झरेको उक्त कारलाई अहिले ‘क्रेन’ले निकालिसकेको छ।

