Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धार्चे भलिबल प्रतियोगितामा जोन युनाइटेड युवा क्लबलाई हराउँदै लाप्राक स्नोबर हाउस बिजयी

धार्चे भलिबल प्रतियोगितामा जोन युनाइटेड युवा क्लबलाई हराउँदै लाप्राक स्नोबर हाउस बिजयी

जोईन खबर

२१, पौष २०८१
  • 682
    SHARES
  • धार्चे भलिबल प्रतियोगितामा जोन युनाइटेड युवा क्लबलाई हराउँदै लाप्राक स्नोबर हाउस बिजयी

    २१ पुस काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा न ४ लाप्राकमा भएको खुल्ला  भलिबल प्रतियोगितामा लाप्राक स्नोबर हाउस युवा क्लव विजयी बनेको छ । तमु ल्होछारको अवसमा शुक्रवार सम्पन्न फाइनल खेलमा जोन युनाइटेड युवा क्लबलाई हराउँदै लाप्राक स्नोबर हाउस बिजयी भएको हो ।

    images

    उक्त प्रतियोगितामा १९ टिमको सहभागिता रहेको  थियो । प्रतियोगितामा  लाप्राक स्नोबर हाउस प्रथम र जोन युनाइटेड पावरफुल युवा क्लव खोर्ला दोस्रो र धार्चे मनासलु युवा क्लव तेस्रो बनेको छ ।  प्रथम हुने टिमले नगद रु ८० हजार, दोस्रो हुने टिमले नगद रु ४५ हजार र तेस्रो हुने टिमले नगद रु ३५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

    images
    images
    images

    गोरखा जिल्ला लाप्राक इकाई समितिको आयोजना तथा तमु ल्होसार मुल आयोजक समितिको साझेदारीमा प्रतियोगिता भएको हो । यही पुस १५ गतेदेखि १९ गतेसम्म संचालन भएको प्रतियोगितामा पुरुष र महिलातर्फको भलिबल खेल भएको हो ।

    महिला तर्फको उपाधि बारपाक सुलिकोट युवा क्लव ‘ए’ ले जितेको थियो , भने उपविजेत  बारपाक सुलिकोट युवा क्लव ‘बी’  दोस्रो भएको हो ।  महिला तर्फ प्रथम हुनेले नगद रु २० हजार र प्रतियोगितामा दोस्रो हुनेले नगद रु १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तमु।क।प्ये।ल्हु।संघ गोरखा जिल्ला लाप्राक इकाई समितिका अध्यक्ष विष बहादुर गुरुङको अध्यक्षता तथा धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको थियो । 

    प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - ११:५४:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको