Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली सेनाको छैटौँ संस्करणको गोरखा–काठमाडौं पदयात्रा आज देखि सुरु हुदै

नेपाली सेनाको छैटौँ संस्करणको गोरखा–काठमाडौं पदयात्रा आज देखि सुरु हुदै

जोईन खबर

२१, पौष २०८१
  • 970
    SHARES
  • नेपाली सेनाको छैटौँ संस्करणको गोरखा–काठमाडौं पदयात्रा आज देखि सुरु हुदै

    २१ पुस काठमाडौँ ।  नेपाली सेनाको छैटौँ संस्करणको गोरखा–काठमाडौं एकीकरण पदमार्गको पदयात्रा  आजबाट सुरु भएको छ । आज बिहान एक कार्यक्रम बिच उद्वघाट गरि  गोरखा दरबारको हनुमान भन्ज्याङबाट यात्रा सुरु गरिएको हो । नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीका अनुसार अधिकृत कमान्डको टोली टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गणको झन्डासहित पदयात्रामा निस्किएको बताए ।

    images

    गोरखा दरबारबाट पदयात्रामा निस्किएका टोलीलाई टर्च र झन्डा हस्तान्तरण गरेर बिदाई गरिएको थियो । उनीहरु आज पहिलो दिन  पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै घाटबेसी पुगेर टर्च र झन्डा धादिङको शिवदल गणलाई बुझाउने छ । धादिङले नुवकोटको शेर गण र नुवाकोटले काठमाडौंको शिवध्वज गणलाई हस्तान्तरण गर्नेछ ।

    images
    images
    images

    कालीध्वज गणले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हनुमानढोकामा आयोजना हुने कार्यक्रमका लागि २६ पुस साँझसम्म हनुमानढोका स्थित शार्दुलजंग गुल्मलाई टर्च र झन्डा हस्तान्तरण गर्ने बताइएको छ ।

    ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखाबाट पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ । गोरखा काठमाडौंको मार्गलाई समेटेर २०७६ सालदेखि पदयात्रा सुरु गरिएको थियो । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले इतिहासको जगेर्ना गर्न पदयात्रा सहयोग पुग्ने बताए । नगरपालिकाले घोषणा गरेको भ्रमण वर्षलाई पनि यसले सहयोग पुग्ने समेत भनाए व्यक्त गर्नु भयो । 

     

    प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - १३:४९:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको