२२ पुस काठमाडौँ । लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराइमा जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्।
तराईका विभिन्न स्थानमा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ। चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिका बढी प्रभावित भएका छन्।
वीरगञ्जको शनिबारको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस मापन गरिएको थियो।
यस्तैआइतबार बिहानको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस मापन गरिएको थियो। बारामा आइतबार बिहान ८ः५६ बजे तापक्रम मापन गर्दा नौ डिग्री सेल्सियस मापन गरिएको छ।
शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। रासस