Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि निरन्तर जारी

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि निरन्तर जारी

जोईन खबर

२२, पौष २०८१
  • 637
    SHARES
  • माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि निरन्तर जारी

    २२ पुस काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज निरन्तर सुरू हुने छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार अपराह्न १ बजेदेखि  बैठक सुरू हुने प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।

    images

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने उनले बताए।यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो।

    images
    images
    images

    केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आइतबार बिहान ८ बजे स्थायी समिति बैठक बस्नेछ।केन्द्रीय कमिटी बैठकमा ४०९ केन्द्रीय सदस्य, २०५ जना वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १२५ जनाको समेत सहभागिता रहनेछ।

    प्रकाशित मिति :पौष २२, २०८१ सोमवार - ११:३५:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको