२२ पुस काठमाडौँ । आज अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएर अवतरण गरेको छ ।
उडान नं ९५३ को कलसाइन नाइनएन(एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको बुद्ध एयरका कर्मचारीले बताए । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए ।विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो ।
काठमाडौंबाट १०:३८ मा उडेको विमानलाई समस्या देखिए पछि ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गर्न त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो ।
यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ ।बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो । सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ । सोहीकारण विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले जनाएको छ ।