२२ पुस काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेतारकार्यकर्तालाई नियमित रूपमा योग र ध्यान गर्न आग्रह गरेका छन् ।पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले योग र ध्यानबारे विश्वव्यापी अवस्थाको पनि विश्लेषण गरे ।
बिलकुल धार्मिक अन्धविश्वासँग जोडेर योग र ध्यानको दुरुपयोग गर्ने प्रवृत्ति पनि छ । यसलाई वैज्ञानिक र प्रगतिशील बनाउँदै अगाडि बढ्ने धार पनि विश्वव्यापी भएको बताए । योग र ध्यानबारे विश्वव्यापी रहेको दुई धारको प्रवृत्ति नेपालमा समेत अनुभूत गर्न सकिने उनले बताए ।
त्यसकारण हामीले प्रगतिशील अग्रगामी सोच सहितको योग ध्यानको कुरा गरेको समेत भनाइ राखे । योग र ध्यानको विषय राख्दा स्थानीय समितिको बैठकमा समेत कतिपयले चासो राखेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताए ।
आठौँ महाधिवेशनले लिएको निर्णय अनुरूप पार्टीका सबै सदस्यहरूले योग र ध्यानलाई वैज्ञानिक रूपमा आत्मसाथ गर्दै जानु पर्ने समेत भनेकन छन् ।