Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कंलकी स्युचाटारमा भूकम्पको धक्काले आत्तिएर घरको छतबाट हाम फाल्दा एक जना घाइते,कलैयामा ११ जना बिधार्थी बेहोस

कंलकी स्युचाटारमा भूकम्पको धक्काले आत्तिएर घरको छतबाट हाम फाल्दा एक जना घाइते,कलैयामा ११ जना बिधार्थी बेहोस

जोईन खबर

२३, पौष २०८१
  • 577
    SHARES
  • कंलकी स्युचाटारमा भूकम्पको धक्काले आत्तिएर घरको छतबाट हाम फाल्दा एक जना घाइते,कलैयामा ११ जना बिधार्थी बेहोस

    २३ पुस काठमाडौँ । काठमाडौंमा भूकम्पको धक्काले आत्तिएर घरको छतबाट हामफाल्दा एक व्यक्ति घाइते भएका छन् । कंलकी स्युचाटार निवासी आफु बस्ने घरको छतबाट एक्कसी हामफाले घाइते भएको नेपाल प्रहरी जनाए ।

    images

    उक्त व्यक्तिको अस्पतालमा उपचार भइरेको छ । आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको धक्काले नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो ।

    images
    images
    images

    त्यसै गरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका  छन् ।उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा पनि क्षति पुगेको प्रहरीले बताए । 

    प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - ११:५१:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको