२३ पुस काठमाडौँ । नेपाल र चीनको सिमानमा केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति पुराएको छ ।
उक्त क्षति पुराएको थुलुङ दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एक एक गरि दुई घरमा क्षति पुराएको प्रहरीले बताए ।
बिहान करिब ६स्५० मिनेट जादा थुलुङ दुधकोशी-७ देउसा लुरुवा बस्ने ५० वर्षीय हर्कबहादुर खत्रीको दुई तले घर र खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ हेलाजुङ बस्ने आङ ङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुई तले घरमा पनि क्षति पुगेको घटनाको संकलन गर्ने एक प्रहरीले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय थाम्बुचेबाट प्रमुख दीपक कट्वालको कमाण्डमा तीनजना प्रहरी टोली उद्दारमा खटिएको छ ।
सोलुखुम्बुका बासिन्दाहरूलाई सुरक्षित रहन र आवश्यक भएमा प्रशासनसँग सम्पर्क गर्न आग्रह गरिएको छ । बिहान नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको दिङ्गे काउन्टीमा थियो ।