२३ पुस काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना शाखा अधिकृतको सरुवा गरेको छ ।मंगलबार मन्त्रालयले अतिरिक्तमा रहेकासहित मन्त्रालय मातहत कार्यरत २१ शाखा अधिकृतको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार ४ जना शाखा अधिकृतलाई विभिन्न पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
यसमा गणेश वास्ताकोटीलाई ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी र शिरिष उपाध्यायलाई रामेछापको खाँडादेवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
अर्काे सावनकुमार चौधरीको कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।