Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने : पूर्वप्रधानमन्त्री प्रचण्ड

सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने : पूर्वप्रधानमन्त्री प्रचण्ड

जोईन खबर

२४, पौष २०८१
  • 748
    SHARES
  • सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने : पूर्वप्रधानमन्त्री प्रचण्ड

    २४ पुस काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाको बाँकी काम गर्न सडकबाट दबाब नदिएसम्म टुंगो नलाग्ने बताएका छन् ।

    images

    आज काठमाडौँको नेपाल बार एसोसिएसनको सभाकक्ष रामशाहपथ भएको  शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको जानकारी गराए ।

    images
    images
    images

    अहिले टुंग्याउन कठिन भएको राजनीतिले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । अबका दिनहरुमा र आउने दिनहरुमा यसो स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु नहुने देखिएको उनको भनाइ छ । यस कार्यक्रम उनले भने, पीडितहरूले पटक पटक यो विषयलाई उठाइराख्नू, जरुरी पर्दा सडकमा पनि जाने तयारी पनि गर्दै गर्नु पर्ने देखिएको बताए ।

    अब यति सम्म गर्दा पनि केही नभए पछि हामी यसको विकल्पमा  अन्तिममा  उपाय भनेको सडक नै रोज्नु पर्ने हो की भने लाग्छ मलाइ पनि जस्ता कुराहरु राखेका हुन् ।

    यो अन्तरक्रिया, गोष्ठी, विवाद, बहस पनि हो ।  त्यसले पनि केही न केही वातावरण बनाउन मद्दत गरेको छ ।तर कानुनी भन्दा पनि राजनीतिक विषयका कारण शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगिन बाँकी रहेको भन्दै उनले माओवादीलाई तह लगाउने अन्तिम अस्त्र यही बाँकी भएकाले नटुंग्याउन जोड दिइएको बताए । 

    प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - १३:५०:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको