Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम अब सवारी सञ्चालन गर्ने

मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम अब सवारी सञ्चालन गर्ने

जोईन खबर

२५, पौष २०८१
  • 598
    SHARES
  • मुग्लिन–मलेखु सडक  स्तरोन्नतिको काम अब सवारी सञ्चालन गर्ने

    २५ पुस काठमाडौँ । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडक खण्ड स्तरोन्नतिको  क्रममा  सवारी ओहोरदोहोर गर्ने तयारी भएको छ ।  गत हप्ता भने दिउँसोको समयमा सवारी साधन रोकेर स्तारोन्नतिको काम गरिएका थियो ।

    images

     नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का ईन्जिनियर बिजय दराइकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम भइरहेको छ ।

    images
    images
    images

    सो समयमा दिउँसो ११ बजेदेखि २ बजेसम्म सवारी रोकेर सडकको विशालटार, खटौटी लगायतका क्षेत्रमा भित्तो काट्ने काम गरिएको थियो ।

    कुरिनटार क्षेत्रमा कालोपत्रेका लागि बेस र सबबेसको काम भइरहेको छ ।मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यस खण्डमा विस्तारको काम भइरहेको हो ।विश्व बैंकको सहयोगमा सडक निर्माण थालिएको हो ।

    निर्माण कम्पनीले ४ अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । समयमा काम नहुँदा सो सडक हुँदै यात्रा गर्ने यात्रुले कठिनाइ भोग्नु परेको छ । 



    प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - १४:३५:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको