Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नारायणी नदी किनारमा १५ औं संस्करणको चितवन महोत्सव आज देखि सुरु हुदै

 नारायणी नदी किनारमा १५ औं संस्करणको चितवन महोत्सव आज देखि सुरु हुदै

जोईन खबर

२५, पौष २०८१
  • 619
    SHARES
  •  नारायणी नदी किनारमा १५ औं संस्करणको चितवन महोत्सव आज देखि सुरु हुदै

    २५ पुस काठमाडौँ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट चितवन महोत्सव २०८१ सुरु हुने भएको छ ।नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सव आज उद्वघाटन हुने छ । आज पुष २५ देखि माघ १० गतेसम्म चल्ने छ ।

    images

    महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने विश्वास लिइएको छ । आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा समेत राखिएको छ ।

    images
    images
    images

    चितवनको गौरव र गरिमामय प्रस्तुति’ को नारा लिएर सुरु गर्न लागिएको महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिइँदैछ । महोत्सवमा विदेशी उत्पादनसहित स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ ।  यस वर्ष चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादन प्रदर्शनीमा राखिँदै छ ।

    महोत्सवमा सात वटा विशेष स्टल, डोम कृषि परिसर, अटो परिसरका साथै निर्माण व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योग, विभिन्न संघसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित चार सय ३० वटा कक्ष रहने छन् ।चितवन महोतसव प्रत्येक दुई वर्षमा आयोजना गरिँदै आइएको छ । 

    प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - १४:४६:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको