२५ पुस काठमाडौँ । पुथ्वी राजमार्गको धादिङ आदमघाटमा माइक्रो हाइस र ट्रक ठोकिँदा १६ जना घाइते भएका छन् ।
आज पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख ६६६ नम्बरको माइक्रो हाइस र काठमाडौँबाट मुग्लिङतर्फ जादै गरेको ना ६ ७१८ नम्बरको ट्रक धादिङको गल्छी गाउँपालिका-४ स्थित आदमघाटमा एकआपसमा ठोकिँएर दुर्घटना भएको हो ।
उक्त घटनामा घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाए । उनीहरूलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ।
धादिङ प्रहरीका अनुसार बिहीबार दिउँसो साढे दुई बजेतिर दुर्घटना भएको हो।घटनालगत्तै उद्दार गरी घाइतेहरूलाई उपचारका लागि अम्बिभरोसा अस्पताल गल्छी पठाइएको छ।
घाइतेहरूमध्ये धेरैको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ।दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।