Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालको नाम नै गोरखा राख्नुपर्ने माग : सांसद बजगाईं

नेपालको नाम नै गोरखा राख्नुपर्ने माग : सांसद बजगाईं

जोईन खबर

२५, पौष २०८१
  • 685
    SHARES
  • नेपालको नाम नै गोरखा राख्नुपर्ने माग : सांसद बजगाईं

    २५ पुस काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा  सांसद राजेन्द्र बजगाईंले देशको नाम परिवर्तन गरि गोरखा  राख्नु पर्ने माग गरेका छन् । उनले भने गोरखा नाम नेपालको ऐतिहासिक एकता र वीरताको प्रतीक रहेको भन्दै नेपालको नाम नै गोरखा राख्नुपर्ने बताएका हुन् । नेता बजगाईले आफनो फेस्बुक सामाजिक सञ्जालमा देशको नाम गोरखा राख्नु पर्ने लेखेका थिए ।

    images

    सांसद बजगाईं गोरखा निर्वाचन क्षेत्रनम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनले जनताको पहिचान र भावनालाई सम्मान गर्दै निर्णय गर्नुपर्ने बताएका छन् । संघीय राजधानी पनि काठमाडौंबट अन्यत्र सार्नुपर्ने उनको मत छ ।उनी लेख्छन्, ‘‪काठमाडौं सांस्कृतिक अतिक्रमण र अत्यधिक जनघनत्वले पीडित छ । यसलाई संरक्षित सांस्कृतिक सहर बनाउन राजधानी अन्यत्र सार्नु उपयुक्त हुन्छ ।

    images
    images
    images

    rr25.jpg

    नयाँ संघीय राजधानीका सम्भावना तुलसीपुर, चितवन र पोखरामा रहेको पनि उनले बताएका छन् । काठमाडौंबाट संघीय राजधानी सारिए काठमाडौंलाई पर्यटक र सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने उनको मत छ ।रैथानेहरूको संरक्षण गर्नुपर्ने, ‪परम्परागत जीवनशैली विस्थापित हुन नहुने उल्लेख गर्दै उनी लेख्छन्, ‘ रैथाने समुदायको सांस्कृतिक अधिकार सुरक्षित गर्नुपर्छ ।

    संरक्षित क्षेत्र घोषणा गरी समुदायलाई सहभागी गराई संरक्षण योजनाहरू बनाइनुपर्छ ।ब्रान्डिङ र पहिचान परिवर्तनले नयाँ अवसर सिर्जना गर्ने उनको विश्वास छ । नेपालका लागि सांस्कृतिक जरा बचाउँदै आधुनिक पहिचान स्थापित गर्न नयाँ दृष्टिकोण आवश्यक रहेको उनले बताएका छन् ।

    प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - १६:१३:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको