Logo

बिहिवार, कार्तिक १३ गते २०८३

केएमसी बास्केटबल भोलिदेखि

केएमसी बास्केटबल भोलिदेखि

जोईन खबर

२६, पौष २०८१
  • 754
    SHARES
  • केएमसी बास्केटबल भोलिदेखि

    २६ पुस काठमाडौँ ।केएमसी स्कुलको आयोजनामा चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।प्रतियोगितामा ३ विधामा विभिन्न २८ विद्यालयका ३६ टिमको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केएमसीका प्रिन्सिपल द्वारारिकानाथ अम्गाईंले जानकारी गराए ।

    images

    सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा १२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने केएमसीका इसीए इन्चार्ज प्रवेश शाहीले जानकारी दिए । सिनियर ब्वाइजमा न्यु जेनिथ, सिनियर गल्र्समा एनसीसीएस र जुनियर ब्वाइजमा ज्ञान निकेतन साविक विजेता हुन् ।

    images
    images
    images

    एनसीसीएस बाहेक बाँकी २ साविक विजेता यो संस्करणमा सहभागी छैनन् ।प्रिन्सिपल अम्गाईंले विद्यार्थीमा खेलप्रति आकर्षण बढाउन र उनीहरुमा रहेको प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए ।नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजकै कोर्टमा खेलाइने छ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल माघ ६ गते हुनेछ । पहिलो दिन ८ खेल हुनेछ ।

     

    प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - २१:०६:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको