२७ पुस काठमाडौँ । समृद्व ताकु युवा समाजको दश औं बार्षिक साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । आज पुस २७ गते शनिवार काठमाडौंको खरिबोटको मदर्श बैंक्वयमा सम्पन्न १० औं साधारण सभाले नयाँ कार्यसमितिको समेत चयन गरेको हो । राजेन्द्र रायमाझीको अध्यक्षतामा ११ जनाको नयाँ कार्यसमिति को सर्वसम्मतिमा निर्वाचित भएको संस्थाका निर्वतमान अध्यक्ष राजन लामिछानेले जानकारी दिनु भयो ।

संस्थाको अध्यक्षमा राजेन्द्र रायमाझी, उपाध्यक्षमा मधुकर खड्का, सचिवमा माधव भट्ट, सहसचिवमा संजय भट्ट कोषाध्यक्षमा सुनिता गुरुङ निर्वाचित हुनु भएको अध्यक्ष राजेन्द्र रायमाझीले बताउनु भयो । यस संस्थाका सदस्याहरुमा लक्ष्मण भट्ट, चेतमान परियार, राजकुमार लामिछाने, लक्ष्मी पाण्डे, खड्का, विपिन भट्ट, धनकुमारी भट्ट निर्वाचित भएको हो । आज भएको समृद्व ताकु युवा समाजको दश औं बार्षिक साधारण सभामा वडा भित्रका सबै जेष्ठ नागरिहरुलाई प्रमुख अथिति र विशेष अथितिहरुबाट दोसल्ला र सम्मानपत्र दिएर सम्मानीत गरिएको थियो ।

बार्षिक साधारण सभा र नयाँ कार्यसमिति चयन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमको अध्यक्षता राजन लामिछाने र प्रमुख अथिति नवनिर्वाचित बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टले उद्वघाटन गर्नु भएको हो। उक्त कार्यक्रम बिशेष अथितिमा गोरखा ताकुकोट सेवा समाज काठमाडौँका अध्यक्ष अनुप श्रेष्ठ, उपाध्यक्ष राजन बाबु श्रेष्ठ,अधिवक्ता कृष्ण प्रसाद पनेरु, सुलिकोट स्वाँरा एकता समाजका अध्यक्ष ज्ञान बहादुर गुरुङ, सौरपानी समाजका अध्यक्ष प्रेम कुमार श्रेष्ठ, सुलिकोट बहुउदेश्य सहकारी अध्यक्ष डा हरेराम श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भगवती तिवारी लगायत आतिथ्यता रहेको थियो ।

कार्यक्रम स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तृतीसंगै सास्कृतिक कार्यक्रम समेत रहेको थियो । उक्त कार्यक्रमा संस्थाले २०८०/२०८१ भित्र गरेका काम र खर्च विवरणको प्रतिवेदन उपाध्यक्ष मधुकर खड्क प्रस्तुत गर्नु भएको थियो । यस आजको कार्यक्रम गोरखा तथा अन्य जिल्ला भित्रका संस्थाका जिम्मेवारी व्यक्ति र राजनैतिक बृद्वीजिवी गोरखाबाट काठमाडौँ आई बस्ने विभिन्न पेसा ब्यबसायी र पढ्दै बस्नुहुने ताकुमाझ लाकुरीबोटका सबै उपस्थिति हुनु भएको थियो । यसै संस्थाका निमन्त्रणलाई स्वीकार गरि आउने अथितिहरुले पाचौँ अधिवेशन र संस्थाले अब आउने दिनमा राम्रो कामको अपेक्ष सहित नयाँ कार्यसमितिलाई शुभकामनासंगै मनतव्य व्यक्त गर्नु भयो ।
