Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एक विद्यालयमा शिक्षिकाको कुटाइबाट ६ बर्षीय बालको आँखा फुटेयो

एक विद्यालयमा शिक्षिकाको कुटाइबाट ६ बर्षीय बालको आँखा फुटेयो

जोईन खबर

२८, पौष २०८१
  • 631
    SHARES
  • एक विद्यालयमा शिक्षिकाको कुटाइबाट ६ बर्षीय बालको आँखा फुटेयो

    २८ पुस काठमाडौँ । पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट एक विद्यार्थीको आँखा फुटेको छ । घटना प्रतापपुर गाउँपालिका वडा न –१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो ।

    images

    उक्त घटना गएको मंसिर १८ गते भएको हो । पुस १९ गते मात्र प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो । अहिले ती शिक्षिका फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंसिर १८ गते कक्षामा दुई विद्यार्थी बीचको झगडा छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले हानेकी थिइन् । त्यहीक्रममा बालक प्रशान्तको आँखामा चोट लागेको विद्यालयका प्रिन्सिपल सुजित कुमार गुप्ताले बताए ।

    images
    images
    images

    प्रिन्सिपल गुप्ताका अनुसार बोर्डमा प्रयोग गर्नका लागि राख्नु भएको प्लास्टिकको पाइप थियो कि के थियो त्यसले झुक्किएर लागेको भनेर उहाँले हामीलाई भन्नु भएको छ । त्यसपछि विद्यालयले नै प्रशान्तलाई नजिकैको गोपीगञ्ज बजारमा उपचारका लागि लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकहरुले परासी, रणअम्बिका आँखा अस्पताल भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पताल पुर्‍याए ।

    तर चिकित्सकले बालकको नानी फुटेकाले आँखा देख्न नसक्ने बताएको प्रशान्तका बुवा नरेन्द्रप्रसाद चौधरी बताउँछन् ।तिलगंगामा १९ गते अप्रेशन भयो । डाक्टरले देख्न सक्दैन, जीवनभरी गाह्रो हुन्छ उसलाई भन्नु भएको छ । अभिभावकका अनुसार वायाँ आँखाको चोटले दायाँ आँखा पनि राम्रोसँग खोल्न र हेर्न मिल्दैन । चिकित्सकले एक वर्षसम्म उपचार गर्नुपर्ने बुवा नरेन्द्र बताउँछन् । फरार रहेकी शिक्षिकाको खोजी कार्य भई रहेको छ, फेला पार्न साथ नियन्त्रणमा लिने तयारी रहेको बताए । 

    ‘

    प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - ११:०२:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको