Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको आवासीय बिद्यालय प्याव्सन जिल्ला अध्यक्षमा पुनः कमल थापा चयन 

गोरखाको आवासीय बिद्यालय प्याव्सन जिल्ला अध्यक्षमा पुनः कमल थापा चयन 

जोईन खबर

२८, पौष २०८१
  • 706
    SHARES
  • गोरखाको आवासीय बिद्यालय प्याव्सन जिल्ला अध्यक्षमा पुनः कमल थापा चयन 

    २८ पुस काठमाडौँ । गोरखाको निजी तथा आवासीय बिद्यालय (प्याव्सन) जिल्ला कार्यसमिति अध्यक्षमा पुनः कमल थापा निर्वाचित भएका छन् । हिजो शनिवार भएको १४ औं साधारण सभा तथा ७ औं अधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

    images

    यस हिजो भएको जिल्लाको नयाँ कार्यसमिति अध्यक्षमा कमल थापा उपाध्यक्षमा राजन वस्नेत, सचिवमा बाबुराम तिवारी र कोषाध्यक्षमा दिपक गुरुङ निर्वाचित भएका हुन् ।

    images
    images
    images

    यसै संस्थाको सदस्यहरुमा बिनोद अर्याल, पदमप्रसाद दाहाल, प्रकाश केसी, गोमा ढकाल भट्ट, कृष्ण घले, गणेश गुरुङ, प्रदिप शर्मा, बिष्णुहरी अर्याल, बिकास थापा, योङ्ग कुमार श्रेष्ठ, सुनिता सापकोटा र दिक्पाल अधिकारी रहेका छन् ।

    सिताराम तिवारी र जनक केसी सल्लाहकार र महाधिवेशन प्रतिनिधीमा रुपा भट्टराई चयन भएकी छन् ।थापाको अध्यक्षतामा तथा गोरखा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।

     

     

    प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - १३:०६:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको