Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज अदालतमा उपस्थित भएका सभापति लामिछानेको बयान सुरु 

आज अदालतमा उपस्थित भएका सभापति लामिछानेको बयान सुरु 

जोईन खबर

२८, पौष २०८१
  • 649
    SHARES
  • आज अदालतमा उपस्थित भएका सभापति लामिछानेको बयान सुरु 

    २८ पुस काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौँ जिल्ला अदालतमा बयान सुरू भएको छ। काठमाडौंको स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति लामिछानेको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधव अधिकारीको इजलासमा बयान सुरू भएको हो।

    images

    लामिछाने आइतबार बिहान साढे ९ बजे नै अदालतमा हाजिर भएका थिए। यसअघि बिहीबार कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटीमा छाडेको थियो। उक्त आदेशपछि काठमाडौंमा उनी आफै हाजिर हुने गरी हिरासतमुक्त भएका थिए।

    images
    images
    images

    स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको अभियोगपत्रमा खुलाइएको छ।  उक्त रकम अपलचनमा सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। जसमध्ये प्रहरीको हिरासतमा रहेका कमल लामा र सुनिता नेवालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।

     

    प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - १३:१७:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको