Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखपुरको लागि ‘खिचडी यात्रा’ आज देखि सुरु

गोरखपुरको लागि ‘खिचडी यात्रा’ आज देखि सुरु

जोईन खबर

२८, पौष २०८१
  • 733
    SHARES
  • गोरखपुरको लागि ‘खिचडी यात्रा’ आज देखि सुरु

    २८ पुस काठमाडौँ । गोरख नगरपालिकामा रहेको गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखानाथ मन्दिरसम्म खिचडी यात्रा  आज देखि सुरु भएको छ ।

    images

    धार्मिक तथा सांस्कृतिक महत्वको गोरखाको गोरखनाथ कालिका मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले आज विहान गोरखपुरका लागि ‘खिचडी यात्रा’ सुरु गरिएको गौमाता सेवा महासङ्घ गोरखाका अध्यक्ष होमसिंह बस्न्यातले जानकारी दिनुभयो ।

    images
    images
    images

    गोरखामा धार्मिक पर्यटकीय गतिविधि बढाउन गोरखादेखि गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म गत वर्षदेखि खिचडी यात्रा गर्न थालिएको उहाँको भनाइ छ ।

    माघी पर्वका अवसरमा प्राचीनकालदेखि नै यहाँस्थित गोरखनाथ मन्दिरबाट गोरखपुरको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन रहेछ”, उहाँले भन्नुभयो, “बीस वर्षभन्दा बढी समयदेखि रोकिएको उक्त परम्परा गत वर्षदेखि पुनः निरन्तरता दिइएको हो ।खिचडी यात्राबाट परम्पराको जर्गेनामा मद्दत पुग्ने उहाँको भनाइ छ ।

    गोरखाबाट लगिएको खिचडी गोरखपुरको गोरखनाथ मन्दिरमा चढाइन्छ । उक्त यात्रामा जनप्रतिनिधिसहित ६० जना हुनुहुन्छ ।आज विहान गोरखानाथ मन्दिरबाट शुभसाइत गरी बाजागाजा मङ्गलधुन स्वस्तिक वाचनसहित गोरखा–गोरखपुर यात्रा आरम्भ गरिएको छ”, अध्यक्ष बस्न्यातले भन्नुभयो । 

    प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - १५:२६:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको