Logo

बुधवार, कार्तिक १२ गते २०८३

कतारमा पनि मगर समुदायको प्रमुख चाडपर्व माघे संक्रान्तिमा वनभोज तथा विविध संस्कृतिक कार्यक्रम गरि मनाईदै

कतारमा पनि मगर समुदायको प्रमुख चाडपर्व माघे संक्रान्तिमा वनभोज तथा विविध संस्कृतिक कार्यक्रम गरि मनाईदै

राजु गुरूङ

२९, पौष २०८१
  • 1.0K
    SHARES
  • कतारमा पनि मगर समुदायको प्रमुख चाडपर्व माघे संक्रान्तिमा  वनभोज तथा विविध संस्कृतिक कार्यक्रम गरि मनाईदै

    २९ पुस काठमाडौँ । कतारको दोहामा पनि मगर समुदायहरुको प्रमुख  चाडपर्व माघे संक्रन्ति विभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाईने भएको छ।नेपाल मगर संघ कतारको आयोजनामा मगर मिनाम ल्हेश ५०१८० २०२५ को अवसरमा शुभकामना अदान प्रदान, वनभोज तथा विविध संस्कृतिक कार्यक्रम गरिमगरहरुको प्रमुख  चाडपर्व भब्य रुपमा मनाईने भएको हो।

    images

    दोहा कतारमा पनि मगरहरुको प्रमुख राष्ट्रिय चाडपर्व माघे संक्रन्ति भब्य रुपमा मनाईने भएको छ।सम्पूर्ण मगरहरुको एकता अहिलेको आवश्यकता भन्ने मुल नाराका साथ सन २००० मा स्थापना भएको संस्थाले अगामी शुक्रबार जनवरी १७ तारिक अबुहमुर स्थित आईडियल इन्डियन स्कुलमा बिहान १० बजे देखि कार्यक्रमको आयोजना गर्न लागेको कतारमा कार्यरत राजु लामाले बताउनु भयो ।

    images
    images
    images

    कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका सम्झना लमिछाने मगरको प्रस्तुति रहने समेत जानकारी दिनु भयो । कार्यक्रममा नेपाल मगर संस्कृतिक टीमका स्थानीय कालाकारहरुको समेत साङ्गितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।कार्यक्रममा सहभागी हुन चाहनु हुने दर्शकहरुका लागि संस्थाले कतारको विभिन्न स्थानहरुबाट निःशुल्क यातायात समेत व्यवस्था रहेको आयोजकले जानकारी दिए ।

    कार्यक्रमको तयारी तिव्र रुपमा भईरहेको छ । कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कलाकार, साहित्यकार, व्यवसायी, पत्रकार, समाजसेवी लगायत कतारमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु उपस्थित भई कार्यक्रमलाई भब्य रुपमा सफल पार्न सम्पुर्णमा आग्रह समेत गरेका छन् । 

    प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - १२:२०:१४ बजे

    राजु गुरूङ

    दाेहा कतार संवाददाता

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको