Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेशका ११ वटै जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई ‘एचपिभी’ खोप माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने 

प्रदेशका ११ वटै जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई ‘एचपिभी’ खोप माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने 

जोईन खबर

२९, पौष २०८१
  • 727
    SHARES
  • प्रदेशका ११ वटै जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई ‘एचपिभी’ खोप माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने 

    २९ पुस काठमाडौँ । गण्डकी प्रदेशको  ११ वटै जिल्लामा १० देखि १४ वर्ष उमेर समूहका एक लाख १८ हजार सात सय ७४ जना किशोरीलाई ‘एचपिभी’ खोप लगाइने तयारी भएको छ । प्रदेशका ११ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने भएको हो ।

    images

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले खोप अभियान सञ्चालनका लागि अहिले जिल्ला र स्थानीय तहमा पूर्वतयारीका काम भइहेको जानकारी दिए ।खोप प्रदान गर्ने स्वाथ्यकर्मीसहित अन्य सरोकार भएका पक्षलाई अहिले अभिमुखीकरण कार्यक्रम सञ्चालन भइहेको छ ।

    images
    images
    images

    उक्त खोपबाट १० देखि १४ वर्षसम्मका किशोरीहरु बञ्चित हुनु नपरोस् भनेर अहिले समुदायस्तरमा प्रचारप्रसार र सचेतनाका कार्यक्रम पनि गरिरहेका बताए । सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एचपिभी’ खोपलाई राष्ट्रिय खोप तालिकामा सामवेश गरेर यो खोपलाई नियमित खोप सेवाको रुपमा प्रदान गर्ने नीति लिए बमोजिम कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई लक्षित गरी खोप प्रदान गर्न लागिएको हो ।

    भविष्यमा पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरुलाई सुरक्षित गर्ने लक्ष्यसहित देशव्यापी रुपमा ‘एचपिभी’ खोप अभियान सञ्चालन हुन लागेको महानिर्देशक खड्काले बताए।

    प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - १६:१०:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको