२ माघ काठमाडौँ । आज देशको पहाडी भू-भागमा आंशिक बदली रहँदा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
तराईका धेरै स्थानमा हुस्सु र कुहिरोले जनजिवन प्रभावित बनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो देशभर आंशिक बदलीदेखि मुख्यतः सफा रहने अनुमान छ।
आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै हिमपात हुने छ ।