२ माघ काठमाडौँ । गोरखा शहिद लखन गाउँपालिका वडा न ६ घैरुङमा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ । हिजो माघ १ गते माघे सङ्क्रान्तिको अवसर ९ हल गोरु जुधाइएको थियो । यस वडा मा रहेका क्लबले हरेका बर्ष जस्तो यो बर्ष पनि प्रतियोगिता गरिएको हो ।
यस हिजो भएको प्रतियोगितामा दुई ग्रेड गरि ‘ए’ ग्रेड तर्फ पाँच र ‘बि’ ग्रेड तर्फ चार हल गरि ९ हल गोरु जुधाइएको आयोजक हिमालय देवी युवा क्लबले जनाएको छ ।
उक्त प्रतियोगिता ‘ए’ ग्रेड तर्फको बिजेता गोरुलाई १५ हजार र उपबिजेतालाई १० हजार नगद पुरस्कार दिइएको क्लबका अध्यक्ष निर्मल गुरुङले बताए ।
‘बि’ ग्रेडतर्फ भने बिजेतालाई ८ हजार र उपबिजेतालाई ४ हजार नगद पुरस्कार वितरण गरिएको हो । गोरखा र धादिङ जिल्लाबाट गोरु सहभागी गराइएको थियो ।
हराउँदै गएको परम्परालाई जर्गेना गर्ने उदेश्यसहित क्लबले बिगत ९ बर्षदेखि गोरु जुधाइ कार्यक्रम गर्दै आएको छ ।गोरु जुधाइसँगै स्थानीय कला संस्कृति, सांस्कृतिक कार्यक्रम, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी र हस्तकला प्रतियोगीता लगायतका कार्यक्रम गरिएको थियो ।