३ माघ काठमाडौँ । पश्चिम न्यून चापीय प्रणालीका कारण गए रातिदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ ।
सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार देशको मध्य र पश्चिमी भू-भागहरुमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो ।
यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।