३ माघ काठमाडौँ । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि मोर्चाको बैठक सुरु भएको हो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका महेन्द्र यादव, नेकपाका नेत्रविक्रम चन्द विप्लवलगायत नेताहरू सहभागी छन् ।