३ माघ काठमडौँ । भोजपुरीका अभिनेता सुदीप पाण्डेको हृदयाघातका कारण निधन भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार ३० वर्षको उमेरमा बिहीबार बिहान ११ बजे उनको मृत्यु भएको हो।
उनी आफ्नो आगामी फिल्मको छायांकनका लागि मुम्बई पुगेका थिए। जहाँ उनको अचानक स्वास्थ्यमा समस्या देखिएको थियो।सुदीपको मृत्युको खबर उनका नजिकको साथीले दिएका हुन्। उनले सन् २००७ मा आएको फिल्म भोजपुरिया भइयाबाट अभिनयमा डेब्यू गरेका थिए।
उनले भोजपुरिया दरोगा, मसीहा बाबू, हमार संगी बजरंगबली, नथुनिया पे गोली मारे, हमार ललकार, शराबी, कुर्बानी, खूनी दंगल, बगावतु लगायत फिल्ममा अभिनय गरेका छन्।