Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुस्ताङको प्रशासन कार्यालयमा आगलागी हुँदा एक जना घाइते

मुस्ताङको प्रशासन कार्यालयमा आगलागी हुँदा एक जना घाइते

जोईन खबर

३, माघ २०८१
  • 772
    SHARES
  • मुस्ताङको प्रशासन कार्यालयमा आगलागी हुँदा एक जना घाइते

    ३ माघ काठमडौँ ।मुस्ताङको प्रशासन कार्यालयमा आगलागी हुदाँ एकजना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारी ९सीडीओ०का सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन् ।

    images

    उनको हात र औँलामा चोट लागेको छ ।  घाइते भएका  तिवारीलाई उपचारका निम्ति पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए । उनका अनुसार, तिवारीको अवस्था खतरामुक्त छ ।हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएको छ ।

    images
    images
    images

    तिवारी आगलागी भएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए । प्रहरी, कर्मचारी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका थिए ।विद्युत् चुहावटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताए । 

    प्रकाशित मिति :माघ ३, २०८१ बिहिवार - १४:५४:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको