३ माघ काठमाडौँ । बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुढीगङ्गा वडा न –३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थमा मृत्यु भएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताउनुभयो ।
मृतक उपाध्याय सोही वडामा रहेको बहालिकोट आधारभुत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता हुनुहुन्थ्यो ।