४ माघ काठमाडौँ । पोखरामा हुने पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता माघ दोस्रो सातादेखि सुरु हुने भएको छ । उक्त प्रतियोगिता यही माघ १२ देखि १९ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा महिला र पुरुष गरी कूल १२ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुरुष र महिलातर्फ एक एक विदेशी टोली समेत सहभागी हुनेछन् । प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्बल, गण्डकी प्रदेश भलिबल सङ्घ, त्रिभुवन आर्मी क्लब, नेपाल पुसिल क्लब र नेपाल एपिएफ क्बल सहभागी हुनेछन् । विदेशी टोलीमा भारतको कुरुक्षेत्रको सुनील भलिबल क्लब अमीन रहेको छ ।त्यसैगरी महिलातर्फ नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र टाइगर गु्रप अफ पोखरा रहेका छन् ।
महिलातर्फ विदेशी टोली थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेट प्यासन भलिबल क्लब सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष र महिलातर्फका दुवै विजेता टोलीले रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् भने उपविजेताले रु दुई लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।
प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु एक लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछ । प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउनेछन् । त्यसैगरी उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षक ९पुरुष÷महिला०ले जनही रु १० हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिताको खेल भने पोखरामा हुनेछ ।