६ माघ काठमाडौँ । गोरखा जिल्लाको १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पालुङटारमा सुरु भएको छ । यस प्रतियोगिता जिल्ला खेलकुद बिकास समिति तथा पालुङटार नगरपालिकाको सहआयोजनामा हिजोबाट प्रतियोगिता उद्वघाटन भएको हो ।
हरेक बर्ष सुरु हुदै आएको प्रतियोगिता तीन दिनसम्म संचालन हुने तयारीमा छ । उक्त प्रतियोगिता पालुङटार नगरपालिकाको भवानी मावि, माझटार खेलमैदानमा सुरु भएको हो । यस प्रतियोगितामा गोरखा जिल्लाका भित्रका ११ वटै स्थानीय तहहरुले प्रतियोगितामा सहभागिता जनाएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्णसिँह बस्नेतले बताए ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्शलआर्टस् विधामा प्रतिस्पर्धा हुने उनले जानकारी दिए । हिजो देखि सुरु भएको प्रतियोगिता गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्णसिंह बस्नेत९शान्तसिँह०को अध्यक्षता एवं प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख बासुदेव पाठक, विभिन्न पालिकाहरुका प्रमुख–उपप्रमुखहरु लगायतले सहभागिता जनाएका थिए ।