Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कृषि विकास बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न

कृषि विकास बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न

जोईन खबर

६, माघ २०८१
  • 616
    SHARES
  • कृषि विकास बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न

    ६ माघ काठमाडौँ । कृषि विकास बैंक लि.ले ५८औं बार्षिकोत्सवको सुखद अवसरमा संचालित बिभिन्न कार्यक्रम मध्येको प्रभातफेरी कार्यक्रम आज मिति २०८१ माघ ५ गते सम्पन्न गरेको छ ।

    images

    वित्तीय साक्षरताको लागि जनचेतना पु¥याउने उद्देश्यका साथ आयाजित यस कार्यममा मानव जीवनको अपरिहार्यता–वित्तीय साक्षरताको अनिवार्यता, आधिकारिक संस्थाबाट मात्र विप्रेषण कारोबार गरौं, सदैब सचेत रहौं–वित्तीय अपराधबाट बचौं जस्ता प्लेकार्ड र ब्यानर सहित सहभागी कर्मचारीहरु मुख्य कार्यालय रामशाहपथ देखि सुनधारा– रत्नपार्क– भद्रकाली हुँदै पूनः रामशाहपथ स्थित मुख्य कार्यालय आई कार्यक्रम समापन गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत र उपमहाप्रबन्धकहरु सहित करीब २०० जनाले सहभागिता जनाएका थिए ।बार्षिकोत्सवको अवसरमा बैंकले एडिबिएल कर्पोरेट फुटसल टुर्नामेन्ट २०८१ समेत २०८१ माघ ५ गते नै सम्पन्न हुने गरी रोयल नेपाल फुटसल एकेडेमी पेप्सी भक्तपुरमा संचालन गरेको छ ।

    prabhat feri program photo.jpeg

    बिभिन्न बैंक, बिमा, कोष, एअरलाइन्स, होटेल,इन्टरनेट सेवा प्रादयक कम्पनी लगायत कर्पोरेट हावसहरुको खेलाडी सहभागी रहेको यस खेल बिगत ३ दिनदेखि संचालन भई रहेको छ ।बैंकले मिति २०२४ साल माघ ७ गते स्थापना दिवसको स्मरणार्थ गरेको बिभिन्न कार्यक्रमहरु मध्ये अन्तिम कार्यक्रम मिति २०८१ माघ ७ गते मुख्य कार्यालयमाविशिष्ट अतिथीहरुको उपस्थितिमा सम्पन्न गर्ने जनाएको छ ।
      

    प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - १३:४१:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको