६ माघ काठमाडौँ । श्री एयरलाइन्सको कारण आफ्नो कार्यक्रम छुटेको गायिका समीक्षा अधिकारीले गुनासो गरिकी छन् । उनले आफनो फेस्बुक सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो गुनासो गरेकी हुन् ।
मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो । तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलाइन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ । अन्य एयरलाइन्सले धमाधम प्लेन उडाइरहेका छन्’, उनले लेखेकी छन् ‘केहि दिनअघि पनि मैले यही एयरलाइन्सबाट धोका पाएपछि नेपालगन्जको कार्यक्रम नै छुटाउनु परेको थियो ।
आज पनि म बिहानैदेखि काठमाडौँ एयरपोर्टमै छु ।श्री एयरलाइन्सबाट धोका पाउने आफू पहिलो पात्र पक्कै होइन भन्दै उनले प्रश्न गरेकी छन्, ‘यस्तो घटना कि त अन्य एयरलाइन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन् कि त यो एयरलाइन्सको काम छैन ।