६ माघ काठमाडौँ । हुम्लाको चङ्खेली गाउँपालिकामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु तीनजना घाइते भएका छन् । चङ्खेली गाउँपालिका–१, दर्बि बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु ४ त ७७२० नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ३५ वर्षीय तुले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाए ।
१४ क्विन्टल अनुदानको नुन ढुवानी गरेर गइरहेको ट्याक्टर दुर्घटना हुँदा बोहराको घटनास्थलमै मृत्यु भएको भएको हो । दुर्घटनामा परी चङ्खेली–१ का ४० वर्षीय मानबहादुर बोहरा गम्भीर घाइते रहेका छन् । उनको टाउको र छातीमा चोट लागेको छ । दुर्घटनामा सोही वडाका ४५ वर्षीया धना बोहरा, १० वर्षीया चरी बोहरा घाइते भएका छन् ।
धनाको टाउको र चरीको शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।ट्याक्टर मुगुको छायाँनाथ रारा नगरपालिका–१४ का २६ वर्षीय हिराबहादुर बडुवालले चलाएका थिए । चालक दुर्घटना लगत्तै फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको टोलीले घाइतेको उद्धार गरी अस्पताल पुर्याएको हो ।