Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खो खो टिमलाई हार्दिक बधाई

खो खो टिमलाई हार्दिक बधाई

जोईन खबर

७, माघ २०८१
  • 652
    SHARES
  • खो खो टिमलाई हार्दिक बधाई

    ७ माघ काठमाडौँ । प्रथम खो खो विश्वकप प्रतियोगितामा नेपाली महिला तथा पुरुष खेलाडीहरु ऐतिहासिक रजत पदक प्राप्त गर्न सफल भएकोमा राष्ट्रिय खेलकुद परिषद् हर्ष प्रकट गर्दै बधाई ज्ञापन गर्दछ ।

    images

    विश्वकप प्रतियोगितामा नेपाली खेलाडीहरुले हासिल गरेको सफलताका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक तथा नेपाल खो खो संघ प्रति हामी हार्दिक बधाई दिन चाहन्छौ । खेलाडीको सफलतामा प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्ण पक्ष तथा निकाय प्रति धन्यवाद ज्ञापन गर्दछौ ।

    images
    images
    images

    भारतको नयाँदल्लीमा २०८१ पुस २९ गते देखि माघ ६ गते सम्म  भएको प्रथम खो खो विश्वकप प्रतियोगितामा नेपाली महिला तथा पुरुष टिमले प्राप्त गरेको सफलता नेपाली खेलकुदका लागि कोशेढुंगा सावित भएको छ ।

    खो खो टिमले प्रथम विश्वकपमा सफलता प्राप्त गर्दै गर्दा विगत पनि स्मरण योग्य छ । १२औं दक्षिण एशियाली खेलकुद (साग) मा पुरुष तथा महिला खो खो टिम द्धितीय भएका थिए । १३ औं सागमा नेपाली महिला टिमले रजत तथा पुरुष टिमले कांस्य जितेका थिए ।

    यस्तै पहिलो,दोस्रो तथा तेस्रो एशियन च्याम्पियनशिपमा दुवै  टिम तेस्रो भएका थिए भने चौथो एशियन च्यापियनशिपमा दुवै टिम दोस्रो भएका थिए ।उच्च सफलताका साथ खेलाडीहरु आज अपरान्ह ३ बजे नयाँ दिल्लीबाट स्वदेश फर्कदैछन् । राष्ट्रिय खेलकुद परिषदले खेलाडीहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको जानकारी गराउदै सन्चारकर्मी, खेल संघहरु, खेलाडीहरुलाई उपस्थितिका लागि अनुरोध गर्दछौ ।  

    प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - १४:४२:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको