८ माघ काठमाडौँ । गोरखाको गोरखा नगरपालिकामा नेपाली काग्रेस र एमाले परित्याग गरी ५० भन्दा बढी संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाली काग्रेसल र एमाले लगायत अन्य पार्टीका नेता कार्य कार्यकर्ता हिजो माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा जानु भएको बेला कट्टेल डाँडामा आयोजित एक कार्यक्रम बिच विभिन्न नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका माओवादी केन्द्र गोरखा नगरपार्टी समितिका एक सदस्याले बताए ।
गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि.र डण्डी डाँडाको नव ज्योति मा.वि.को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन गोरखा आउनु भएका अध्यक्ष प्रचण्डले कार्यक्रममा सहभागी हुनुपूर्व गोरखा नगरपालिका वडा नम्बर ८ आमडाँडा गाउँमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने मुस्लिम अगुवासहित विभिन्न व्यक्तिलाई स्वागत गर्नुभएको हो ।
अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गरेकाहरुलाई सदस्या कार्डसहित खादा,माला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । यस हिजो भएको पार्टी प्रवेश कार्यक्रममा जिल्लाका विभिन्न नेता कार्यकर्ता तथा गण्डकी प्रदेशका सहईन्चाजहरुको उपस्थिति थियो ।