Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको  मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु 

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको  मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु 

जोईन खबर

८, माघ २०८१
  • 670
    SHARES
  • दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको  मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु 

    ८ माघ काठमाडौँ । तनहुँमा मंगलबार बिहानै मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ ।पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको हो ।

    images

    दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    उक्त दुर्घटनामा परेर तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास नगरपालिका–५ पाटन बस्ने १९ वर्षीय सन्दिप आले र ४० वर्षीया मधुमाया आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

    अत्यधिक बाक्लो हुस्सु लागेको र सोही कारण बाटो नदेख्दा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

    प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - १३:२८:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको